दुईतिहाईको धक्कु लगाउने सरकार पूर्णरुपमा असफल : प्रकाशमान सिंह

दुईतिहाईको धक्कु लगाउने सरकार पूर्णरुपमा असफल : प्रकाशमान सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुक संचालनमा दुईतिहाईको धक्कु लगाउने सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस यूनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार ‘ल एन्ड अर्डर मेन्टेन’ गर्न चुकेको, विकास बजेट खर्च गराउन समेत नसकेको, संघियता कार्यान्वयनमा आवश्यक ऐनकानून बनाउन नसकेकाले समग्रमा असफलता बाहेक केही नभएको आरोप लगाए ।

आफ्नै पार्टी्भित्रसमेत सरकारको कामको आलोचना सुरु भएकाले अब सरकारले काम गर्नु पर्ने बताए । सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नु पर्ने काम नगरि विवादास्पद एनजीओको पछि लाग्नु दुःखद भएको उनले बताए ।

फरक प्रसंगमा बोल्दै उनले काँग्रेस नेतृत्वले पनि समयको माघ अनुरुप पार्टी संचालन गर्न नसकेकाले काँग्रेस सुधारको लागि आफूहरुले आवाज उठाउँदै आएको बताए ।