सेयर बजारमा भारी गिरावट, कारोबार रकमपनि ६ अर्बमा समेटियो

सेयर बजारमा भारी गिरावट, कारोबार रकमपनि ६ अर्बमा समेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन नेप्से २१.६३ अंकले घटेर परिसुचक २७१४ बिन्दुमा पुगेर रोकिएको छ ।

आज १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६३ करोडको आर्थिक कारोबार भयो । कारोबारमा आएका ३१ कम्पनीको सेयर बढ्यो भने २०७ कम्पनीको सेयर घट्दा ६ कम्पनीको सेयर स्थिर रह्यो ।

कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, घलेम्दी हाइड्रो, महालक्ष्मी वीकास बैंक अगाडि रहे ।

यसदिन व्यापारसेक्टर बाहेक सबै सुचक राताम्मे भएका छन् । व्यापार ४.९२ प्रतिशतले बढ्दा बैंकिङ ०.८०, विकास बैंक २.२५, फाइनान्स १.३९, होटल तथा पर्यटन ०.५३,, हाइड्रोपावर १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन ०.०१, माइक्रोफाइनान्स ०.८८, निर्जीवन बीमा ०.७२, अन्य १.५२ प्रतिशत घटे ।