काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको आईतबारको बैठक सकिएको छ ।
आईतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा भएको राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।
आगामी आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा थप छलफल गर्न चैत ५ गते मंगलबार बैठक बस्नेछ ।




प्रतिक्रिया