पद्मकन्यामा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी

पद्मकन्यामा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेविसंघले पद्मकन्या क्याम्पसको  स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको बताएको छ ।

बागी उम्मेदवारी दिएकी भूपी ऐरलाई नै संगठनले आधिकारिक उम्मेदवार बनाएको हो ।

निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो ।

यअसघि नेविसंघले पुर्णिमाया परियारलाई सभापति उम्मेदवार बनाएपछि ऐर बागी उठेकी थिइन् ।

त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो ।