कांग्रेसकाे पदाधिकारी बैठक भोलि बस्ने

कांग्रेसकाे पदाधिकारी बैठक भोलि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए

उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।