काठमाण्डु–सोमबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १० अंकले घटेर परिसुचक २७०४ बिन्दुमा पुगेर रोकिएको छ ।
आज ९९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको कारोबार भयो । कारोबारमा आएका ८५ कम्पनीको सेयर बढ्यो भने १४५ कम्पनीको सेयर घट्दा १३ कम्पनीको सेयर स्थिर रह्यो ।
कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स, महालक्ष्मी बैंक अगाडि रहे ।
यसदिन राप्ती हाइड्रोको मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ।
बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य ०.५६ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स सेक्टर ०.१२ प्रतिशत बढे ।




प्रतिक्रिया