कांग्रेस–एमालेसँग मिलेर सरकार बनाउने कुनै नीति छैन, बाँकी प्रचार सबै भ्रम हो : प्रचण्ड

कांग्रेस–एमालेसँग मिलेर सरकार बनाउने कुनै नीति छैन, बाँकी प्रचार सबै भ्रम हो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्।

सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले राजावादीहरूलाई दरबारीया भन्दै इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको बताएका हुन् ।

उनले भने ‘यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो। हामीले केके गरियो भन्ने बुझाउन सकिएन,’ उनले भने, ‘अहिले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ। दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरेका छन्।’

उनले आफू नेतृत्वको पार्टी सरकारमा जाने विषयमा कांग्रेस–एमालेसँग कुनै छलफल नभएको पनि दाबी गरे।

‘सरकारमा जाने पार्टीको नीति छैन। त्यसमाथि सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौँ,’ उनले भने,’सरकारमा जानेबारे औपचारिक कुरा पनि भएको छैन।’

देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो,’ उनले भने ।

सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे ।