काठमाण्डु – नेकपा एमालेले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार हुन नसक्ने जनाएको छ ।
सोमबार बसेको एमाले केन्द्रीय सचिवालयको ४६औं बैठकले महत्त्वपूर्ण प्रस्ताव पारित गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा एमाले आमजनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्त्वलाई गम्भीरता साथ आत्मसात गर्न, निरंकुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे २ शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वान गर्छ ।’






प्रतिक्रिया