काठमाण्डु– नेकपा माओवादी केन्द्रले काठमाडौंको टोखाबाट २५ करोड बरामद भएको घटनाको छानबिन गर्न विशेष छानबिन समिति बनाउन माग गरेको छ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भएकाले निष्पक्ष छानबिन गर्न माग गरे।
उनले भने, ‘हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन। यो सरकारप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। संगठिन अपराधको जालो कुन रूपमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र आएको छ। यो घटनामा प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन।’
अहिलेसम्म भरिया र ड्राइभर मात्रै पक्राउ गरेर ठूलो काण्ड डिसमिस पार्ने गरिएको भन्दै सापकोटाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत भएकाले पनि घटनाको सम्बन्धमा विशेष संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए।




प्रतिक्रिया