नेपालले काभा भलिबल आयोजना गर्ने (तालिकासहित)

नेपालले काभा भलिबल आयोजना गर्ने (तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् ।

काभाले सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा १२ वटा भलिबल र पाँच वटा बिच भलिबल गरि १७ वटा प्रतियोगिता समावेश छन् । त्यसमध्ये दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ ।

नेपालले काभा महिला भलिबल नेसन्स लिग र काभा महिला च्याम्पियन्स लिग आयोजनाको जिम्मेवारी पाएको छ । काभा महिला नेसन्स लिग आउँदो वर्ष २०८२ असोज २५ देखि ३१ गतेसम्म सन्चालन हुनेछ ।

यस्तै काभा महिला च्याम्पियन्स लिग आउँदो वर्ष मंसिर १५ देखि २१ गतेसम्म आयोजना हुनेछ । यसअघि नेपालले यो वर्ष महिला नेसन्स लिग र पुरुष क्लब च्याम्पियनशिप आयोजना गरेको थियो ।