काठमाण्डु – पाँचौं अन्तर्राष्ट्रिय दिवस शुक्रबार मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका कविता दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार मनाइँदै छन्।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।
यस्तै, शुक्रबार हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस अन्तर्राष्ट्रिय दिवस, अन्तर्राष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस पनि मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा वसन्त ऋतुको आगमन वा नयाँ दिनको प्रारम्भका रूपमा नौरोज दिवस मनाइन्छ। यो सांस्कृतिक पर्वले ती क्षेत्रका बहुसांस्कृतिक जाति र समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको छ।
डाउन सिन्ड्रोम एक मानव स्वास्थ्य समस्या हो। यसबाट विश्वका सबै क्षेत्र केहीहदसम्म प्रभावित छन्।




प्रतिक्रिया