काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। हिजो प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया