धेरै दिनपछि सेयर बजारमा हरियाली, करोबार रकम भने ४ अर्बमा समेटियो

धेरै दिनपछि सेयर बजारमा हरियाली, करोबार रकम भने ४ अर्बमा समेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धेरै दिनपछि सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से २६ अंकले बढेर परिसुचक २६४० कायम भएको छ ।

आज ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको कारोबार भयो । कारोबारमा आएका २१० कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घटेको छ ।

कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, सिइडिबि होल्डिङ, अगाडि रहे । यसदिन गार्डियन माइक्रोलाइफको सेयर १० प्रतिशतले बढ्यो ।

यस दिन सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढे ।