काठमाण्डु– निरन्तर बढिरहेको सुनको भाउ आज हालसम्मकै उच्च बनेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६०० ले बढेर नयाँ रेकर्ड बनाएको हो ।
शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज १ लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर २ हजार २५ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया