अमेरिका-चीन व्यापार युद्धले विश्व तरंगित, शेयर बजारमा गिरावट

अमेरिका-चीन व्यापार युद्धले विश्व तरंगित, शेयर बजारमा गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशत पु¥याएका छन् । यसअघि बुधबार उनले चीनमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए भने भारतसहित लगभग ७५ देशहरूमा यस्तै १० प्रतिशत आधारभूत कर लगाउने घोषणा गरे ।

चीनमा १४५ प्रतिशत कर लगाउनुको अर्थ चीनमा बनेको १०० डलरको उत्पादन अब अमेरिका पुग्दा २४५ डलर पर्नेछ । अमेरिकामा चिनियाँ सामान महँगो हुँदै गएकाले यसको बिक्री घट्नेछ । चीनले पनि अमेरिकामाथि ८४ प्रतिशतको प्रतिशोधात्मक कर लगाएको छ ।

अमेरिकी सरकारी बन्ड बजारमा फेरि बिक्री सुरु भएको छ । उही समयमा शेयर बजारको नास्ड्याक कम्पोजिट सूचकांक लगभग ७ प्रतिशतले घटेको छ । यससँगै एप्पल, एनभिडिया लगायतका कम्पनीहरूको शेयर पनि घटेको छ । तेलको मूल्य लगभग ४ प्रतिशतले घटेको छ भने कच्चा तेल अब प्रति ब्यारेल ६३ डलरभन्दा तल कारोबार भएको छ ।

ट्रम्पले फेब्रुअरी १ मा चिनियाँ उत्पादनहरूमा १० प्रतिशत कर लगाए, मार्च ३ मा यसलाई बढाएर २० प्रतिशत पु¥याए । यसपछि, अप्रिल २ मा यसलाई बढाएर ५४ प्रतिशत पुर्‍याएका छन् । त्यसपछि अप्रिल ९ मा यो बढेर १०४ प्रतिशत पुग्यो भने अप्रिल १० मा यसलाई बढाएर १४५ प्रतिशत पु¥याइएको छ ।

भन्सार शुल्क युद्ध चर्किंदै जाँदा चीनले विहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीन उक्साहटबाट डराउँदैन, हामी पछि हट्दैनौं ।’