एक तोला सुन किन्न झण्डै १ लाख ९१ हजार चाहिने

एक तोला सुन किन्न झण्डै १ लाख ९१ हजार चाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३६ सयले बढेको हो ।

हिजो तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँले बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो।