१२ कक्षाको परीक्षा सर्‍यो, वैशाख २१ गतेदेखि गर्ने निर्णय

१२ कक्षाको परीक्षा सर्‍यो, वैशाख २१ गतेदेखि गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा सार्ने निर्णय भएको पुष्टि गरे । विगत ३ हप्तादेखि शिक्षक महासंघले काठमाण्डु केन्द्रित आन्दोलन जारी राखेपछि परीक्षा प्रभावित भएको छ ।

परीक्षा सार्नुअघि बोर्डका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।