काठमाण्डु– शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ।
पहिलो दिनको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका हुन् ।
उनले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा र संसदको जिम्मेवारीबारे बोल्नेछन्।
बैठक दिउँसो १ बजे बस्ने छ।




प्रतिक्रिया