रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्लेलाई संसदीय दलबाट नयाँ जिम्मेवारी

रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्लेलाई संसदीय दलबाट नयाँ जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीले संसद्को बजेट अधिवेशनमा छलफल अगाडि बढाउने नेतृत्व प्रदान गरेको छ ।

बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि उपसभापति वाग्लेको नेतृत्वमा संसद्मा छलफल र बहस गर्ने निर्णय गरेको छ ।

उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडी बढाउने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बजेट अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरू लगायतका विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर देश र नागरिको हितमा संसद्मा भूमिका निभाउने उनले बताए । उनले भने, ‘यो बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि बजेट अधिवेशनमा छलफल, बहस, संवाद, नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरूमा छलफल गर्ने क्रममा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा हामीले संसद्मा छलफल, बहस गर्ने र सबै विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर त्यसलाई बृहत्तर देश र जनताको हितमा संसद्मा संसदीय भूमिका निर्वाह गर्ने निर्णय गर्‍यौं ।’

रास्वपाको गत वैशाख ४ गते बसेको केन्द्रीय समितिको बैठकले शिक्षकहरूको आन्दोलन, माग र मुद्दाहरूको अध्ययन र संसद्मा प्रस्तुत हुने विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न निर्देशन दिएको थियो । शिक्षकका माग पूरा गराउनका लागि संसद्मा प्रभावकारी भूमिका खेल्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका डा. तोसिमा कार्की र सुमना श्रेष्ठ तथा पूर्वशिक्षामन्त्री शिशिर खनालको टीम बनाउने निर्णय गरिएको प्रमुख सचेतक परियारले जानकारी दिए ।