काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वर्तमान संविधान पुँजीवादी भएकाले आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौं । यसलाई हामी आलोचनात्मक रूपमा हेर्छाैं ।’
उनले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताए । निर्वाचनमा बढीभन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिलाई जिताउन सके संसद्मा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने उनले बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको उनले जिकिर गरे । नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको उनले बताए ।




प्रतिक्रिया