रवीन्द्र मिश्रको रिहाइका लागि रिले अनसन

रवीन्द्र मिश्रको रिहाइका लागि रिले अनसन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरूको बिना शर्त रिहाइको माग गर्दै रिले अनसन जारी छ ।

अनसनमा शनिबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यवद्धता जनाएका छन् ।

ललितपुरवासीले आयोजना गरेको रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरूको रिहाइ हुनुपर्ने तथा मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्ने भन्दै उनले ऐक्यबद्धता जनाएका छन् ।

अनसनमा आस्थाका बन्दी रिहाइ गर, मानवअधिकारको सम्मान गर, हिन्दू अधिराज्य कायम गर, राजसंस्था पुनःस्थापना गर भनी नारा प्रदर्शन गरिएको छ । अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जनप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।

रिले अनसन शनिबार दोस्रो दिन हो । आयोजकले जनाएअनुसार सरकारले झूटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।

झूटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।