६२ अंकले बढ्यो सेयर बजार, साढे १० अर्बको कारोबार

६२ अंकले बढ्यो सेयर बजार, साढे १० अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धेरै पछि सेयर बजारमा उछाल देखिएको छ । बुधबार नेप्से ६२ अंकले बढेर परिसुचक २६७३ विन्दुमा पुगेर रोकियो ।

यसदिन २ करोड ७३ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भयो ।

कारोबारमा आएका २२७ कमपनीको सेयर बढेको छ भने १८ कम्पनीको सेयर घट्दा एक कम्पनी स्थिर रहेको छ ।

कारोबारका आधारमा यसदिन सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत, युनिर्भसल पावर कम्पनी, सिंगटी हाइड्रोपावर अगाडी रहे । ती कम्पनीले ४० करोड माथिको कारोबार गरे ।

यस्तै आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा सकारात्मक सर्किट लाग्यो भने ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । घट्ने मा न्यादी हाइड्रोपावर अगाडी रह्यो ।

यसदिन सबै इन्डेक्स बढेका छन् । सबै भन्दा धेरै फाइनान्स समुह बढेको छ । जुन ५.५५ प्रतिशतले बढ्यो ।