काठमाण्डु- पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा तापक्रम बढेको छ ।
बिहीबार सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ । यस्तै धनगढी, धरान, भैरहवा, सिमरा, विराटनगर, जनकपुरलगायतका शहरमा पनि तापक्रम ३६ देखि ३७ डिग्रीको आसपासमा रहने छ ।
देशका धेरै ठाउँमा केही दिनदेखि परेको पानीका कारण केही शीतल भएकामा बुधबारदेखि पानी पर्न कम भएपछि फेरि गर्मी बढेको हो । काठमाण्डुको तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ ।




प्रतिक्रिया