काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबारसुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।
बुधबार १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ । बुधबार १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ९५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया