काठमाण्डु– गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका छन् ।
बिहीबार चौधरी पक्राउबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै चौधरीलाई पक्राउ गर्नुमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक प्रहरीको अरु कुनै मनसाय नभएको दाबी गरेका हुन् ।
‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको व्यहोरा अनुरोध गर्दछु।’
यस्तो घटनाले चौधरी र उनको परिवारलाई पर्न गएको पीडाप्रति समेत उनले दुःख व्यक्त गरे।




प्रतिक्रिया