काठमाण्डु– सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
निर्णयार्थ पेस गर्दा बहुमत सांसदले समर्थन जनाएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरे ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।




प्रतिक्रिया