रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रोशी खोलामा सोमबार राति आएको बाढीले बिपी मार्ग छेउको सिन्धुलीको नेपालथोक प्रहरी चौकी नजिकैको डाइभर्सन पनि बगाएको छ ।

सो डाइभर्सन बगाउँदा काठमाण्डुबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट आउने सडक अवरुद्ध भएको छ ।

बिपी मार्गको नेपालथोकबाट काभ्रे तिमाल गाउँपालिकाको भण्डारीबेँसी, मुक्पाबेँसी हुँदै रामेछापको सुनापती गाउँपालिकाको सिन्दुरेटारमा रहेको सुनकोसी नदीको पुल तरेर सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी लगायतका क्षेत्रमा आउने यातायात साधन डाइभर्सन बगाएपछि रोकिएका छन् ।

गएको असोज महिनामा आएको बाढीले नेपालथोकमा रहेको सुनकोशी माथिको पक्की पुल बगाएपछि सुनापतिका सबै वडा, दोरम्बाका केही वडा तथा खाँडादेवी गाउँपालिकाको १ नं वडामा आउने यातायात साधनको लागि रोशी खोलामा ह्युमपाइप राखेर डाइभर्सन बनाइ आवागमनको व्यवस्था मिलाइएको थियो ।

बाढीलाई डाइभर्सनका पाइपहरू बगाएको स्थानीय राजकुमार मैनालीले जानकारी दिए । बाटो बगाएपछि सो सडकबाट काठमाडौँ आउजाउ गर्ने यातायात साधनहरू रोकिएका छन् ।

यस्तै उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि १० घण्टादेखि राजमार्ग अवरुद्ध छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ तर खुलेको छैन ।