सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो ।