शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएको हो ।

प्रतिनिधि सभामा सांसदहरुले उठाएको विषयको जवाफ दिदैँ शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्वपूर्ण केन्द्र बन्ने बताए ।

‘काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर दिल्लीतिर जाने लर्कोलाई यो विश्वविद्यालय निर्माणपछि त्यो कैलालीको गेटमा रोकिनेछ । र कैलाली स्वास्थ्य र शिक्षाको एउटा महत्वपूर्ण केन्द्रका रुपमा उपस्थित जनाउनेछ,’ उनले भने ।