गभर्नर सिफारिस समितिको बैठक आजै बस्ने

गभर्नर सिफारिस समितिको बैठक आजै बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक बोलाएका छन् ।

समितिको संयोजक रहेका अर्थमन्त्री पौडेलले आज साँझ बस्ने गरि बैठक बोलाएको उनको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता भएको थियो । छलफल सकिएलगत्तै अर्थमन्त्री पौडेलले बैठक बोलाएका हुन्।

अर्थमन्त्रीको नेतृत्व रहेको उक्त समितिमा हाल निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य रहेका छन् भने विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् ।

१८ औँ गभर्नरको छनोट सिफारिस समिति हालसम्म मात्रै दुईपटक पुनर्गठन भइसकेको छ ।