काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गरिएको निवेदनमा बहस सकिएको छ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन आजै आदेश सुनाउने तयारी गरेको हो ।
आज जाहेरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे । त्यसपछि रविका तर्फबाट रमण श्रेष्ठ र सुशील पन्त एवं छविका तर्फबाट सतिशकृष्ण खरेलले जवाफी बहस गरे । जवाफी बहस सकिएसँगै इजलास बन्द भएको छ ।
मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो।
पूर्वडीआइजी छविलाल जोशीको पुनरावेदनमा पनि सँगसँगै सुनवाइ भएको छ ।




प्रतिक्रिया