देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेका बेला कांग्रेसले बैठक बोलाएको हो ।

बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । बैठकमा गृहमन्त्री लेखकसँगै प्रमुख सचेतक श्याम घिमिरे पनि उपस्थित छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएको बताए ।