गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादीकाे निष्कर्ष

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादीकाे निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, : ‘गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ, जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।