बझाङमा भूकम्पको धक्का महसूस

बझाङमा भूकम्पको धक्का महसूस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बझाङ जिल्लामा बुधबार साँझ भूकम्पको धक्का महसूस भएको छ ।

बुधबार साँझ ६ः२७ बजेमा बझाङको मश्देव केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको जनाएको छ ।

बुधबार नै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । बिहान ११ः५६ बजे ४.४ रेक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ ।