पूर्वराजालाई संकेत गर्दै अध्यक्ष नेपालले भने–आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्

पूर्वराजालाई संकेत गर्दै अध्यक्ष नेपालले भने–आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध आफूहरू दृढताका साथ जुटेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार भइरहेको बताए। भ्रष्टाचारविरुद्ध सरकारले कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने बताए। उनले भने, ‘हामीले कम्युनिस्ट पार्टीप्रति आम जनतामा विश्वास दिलाउने काम गरौँ। गलत प्रवृत्तिका विरुद्धमा जुध्ने काम गरौँ। राम्रो संस्कृति र संस्कार अवलम्बन गरौँ। गणतन्त्रको विकल्प राजतन्त्र होइन, बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला। त्यसैले हामीलाई वंशको शासन चालिएको छैन।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए। उनले भने, ‘प्रतिस्पर्धाबाट जनताको मन जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन र हुन पनि दिँदैनौँ। हिजो पनि गणतन्त्रको लागि अग्रगामी भूमिका खेलेको थियौँ। हामीले अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौँ।’