काठमाण्डु – सरकारले झापाको दकममा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
बिहीबार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाण्डुको मुलपानी लगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरूका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए ।
खेल पूर्वाधार र संरचनाहरूमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि उनले बताए ।
कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।




प्रतिक्रिया