राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी : कमल थापालाई फिर्ता नगरे काठमाण्डु ठप्प पार्छौं

राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी : कमल थापालाई फिर्ता नगरे काठमाण्डु ठप्प पार्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान फिर्ता नगरे भोलि सोमबारदेखि काठमाण्डु ठप्प पार्ने चेतावनी दिएका छन् ।

आईतबारको प्रदर्शनमा कमल थापा पक्राउ परेपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरबाट साथीभाइहरूलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ । अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’

अध्यक्ष लिङ्देनले राप्रपाको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए । काठमाण्डुमा प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ । राप्रपा, राप्रपा नेपाल सहितका राजावादी संघसंस्थाहरूले राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको माग गर्दै जेठ १५ गतेदेखि काठमाण्डुमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।