काठमाण्डु – यातायात व्यवसायीले गरेको यातायात बन्दको फाइदा उठाउँदै राइड सेयरिङ कम्पनीले यात्रुसँग मनपरी भाडा असुल्न थालेपछि नेपाल प्रहरी कारबाहीमा उत्रेको छ ।
प्रहरीले सोमबार सूचना वारी गर्दै त्यस्ता राइड सेयरिङ कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिएको हो। उसले बढी भाडा लिएमा यात्रुहरूलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन आग्रह गरेको छ।
बन्दको घोषणा गरेपछि बिहानैबाटै पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो चारैतिरबाट आएपछि प्रहरीले यस्तो सूचना जारी गरेको उल्लेख छ।




प्रतिक्रिया