सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतलाई

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक र सैनिक प्रवक्ताको जिम्मेवारीमा सहायक रथी राजाराम बस्नेत नियुक्त भएका छन् ।

बिहीबारदेखि बस्नेतले सैनिक प्रवक्ताको जिम्मेवारी सम्हाल्ने सेनाले जनाएको छ ।

प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बिहीबार बुझबुझारथको काम गरेपछि हाल बस्ने प्रवक्ताको जिम्मेवारीमा आउनेछन् ।

सैनिक प्रवक्ता गौरव कुमार केसीलाई पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा गरिएको छ ।