जसपा अध्यक्ष उपेन्द्र यादव मलेसियाबाट स्वदेश फिर्ता

जसपा अध्यक्ष उपेन्द्र यादव मलेसियाबाट स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

पार्टीसम्बद्ध नेपाली समाज मलेसियाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी भई अध्यक्ष यादव मंगलबार स्वदेश फर्किएका हुन् ।

मलेसिया भ्रमणमा रहँदा अध्यक्ष यादव र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्याबारे छलफल भएको जसपाले जनाएको छ ।

अध्यक्ष यादवको भ्रमणका क्रममा विनोदकुमार यादवको अध्यक्षतामा जसपा नेपालको प्रवास समिति ‘नेपाली समाज मलेसिया’ पुनर्गठन गरिएको छ ।

कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा लगायतको सहभागिता थियो ।