काठमाण्डु – काठमाण्डौ–हेटौँडा जोड्ने कान्तिलोकपथ बुधबारदेखि चार दिन पूर्णरुपमा बन्द भएको छ ।
कान्तिलोकपथअन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ ।
प्रशासनले सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।




प्रतिक्रिया