काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले १ रुपैयाँ पनि भ्रष्टाचार नगरेको प्रतिक्रिया दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतंजलि योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा मुद्दा दर्ता गरेपछि रौतहटमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नलिएको बताए ।
‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु । त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ । मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यसको प्रमाण पेश गरियोस्,’ उनले भने ।
स्वामी रामदेव र आचार्य बालकृष्ण जस्तो व्यक्ति भएको पतंजलिमा अनुचित गर्ने कुरा कसैले कल्पना गर्न पनि नसक्ने उनले बताए । उनले भने, ‘मैले अनुचित उद्देश्यका साथ केही गरेको छैन ।’
अख्तियारले पतंजलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।




प्रतिक्रिया