म्युहलबौयर र भेरीडोसले पायो पासपोर्ट छपाईको जिम्मा

म्युहलबौयर र भेरीडोसले पायो पासपोर्ट छपाईको जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– ६४ थान पासपोर्ट छपाईको जिम्मा जर्मन कम्पनीले पाएका छन् । राहदानी विभागमा यसअघि पासपोर्ट छपाईको जिम्मा पाएको फ्रान्सेली कम्पनी आईडेमिया यसपटक भने बाहिरिएको छ ।


विभागले गरेको ठेक्कामा यसपटक पहिलो र दोस्रो प्याकेजमा पासपोर्ट छपाइएको जिम्मेवारी म्युहलबौयर आइडी सर्भिस जीएमबीएच र दोस्रो प्याकेज भेरिडोसले पाएको हो । यसअघि दुवै प्याकेजको ठेक्का आईडेमियाले पाएको थियो । उसले यसपटक पनि ठेक्का हत्याउन अनेक चलेखल गरेको समाचार सार्वजनिक भएपनि अन्ततः दुवै ठेक्का जर्मन कम्पनीहरुले पाएका छन् ।


राहदानी विभागले आर्थिक प्रस्तावअनुसार बिहिबार नै कम्पनीहरुलाई आशयपत्र पठाएको छ । विभागका निर्देशक रवीन्द्र राजभण्डारीले मेहलबुरलाई १ अर्ब ५५ करोड र भेरीडोसलाई ६ अर्ब ११ करोडको दोस्रो प्याकेजको ठेक्का पाएको पत्र पठाएका हुन् ।

म्युहलबौयरले प्रिरोलमेन्ट,डेभिरी सिस्टम र डेटा म्यानेजम्याण्ट र एचआरको काम गर्नेछ भने भेरिडोसले बुकलेटस्, पर्सनलाइजेसन र क्वालिटी कन्ट्रोलको काम गर्नेछ ।


आईडिमियाले २०२५ को डिसेम्बरसम्म राहदानी छपाईको काम गर्नेछ भने त्यसपछि नयां छनोट भएका कम्पनीले पासपोर्ट छपाईको काम अघि बढाउनेछन् । आईडेमियाले भेरिसयनबाट महंगो मुल्यमा पासपोर्ट छपाईको काम गर्दै आएको थियो ।