बुधबारदेखि अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान

बुधबारदेखि अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी बुधबारदेखि देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जेठ २९ गते बिहीबारदेखि वर्षा हुने भए पनि त्यसअघि ३ दिन गर्मी बढ्ने अनुमान छ । ‘नेपालमा अझै ३ दिनसम्म गर्मी बढ्ने र मंगलबारदेखि पूर्वी भेगमा वर्षा सुरु हुने देखिन्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने ।

असार १ गतेसम्म मनसुन देशभर फैलिएर केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने उनले बताए । ‘बुधबारदेखि हल्का वर्षा अधिकांश ठाउँमा हुने र बिहीबारदेखि वर्षाले राम्रै गति लिँदै असार १ गतेसम्म मनसुन नेपालभरि पुगेर केही ठाउँमा भारी वर्षासम्म गराउँला ।’

सरदर जुन १३ भन्दा १५ दिनअगावै नेपाल भित्रिएको मनसुन अझै कोशी प्रदेशमा स्थिर छ ।