जब पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगे


एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्।

बालबालिकालाई दिने उपहारको बोरा बोकेर उनी हिँड्दै गरेको तस्बिर र भिडियो अहिले सञ्चार माध्यममा भाइरल भएको छ । ओबामाले बासिंटन डिसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटलका बाल बालबालिकालाई उपहार बाँडेका हुन् । सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए।

शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर ओबामा अस्पताल पुग्दा धेरै व्यक्ति आश्चर्यमा परेका थिए । ओबामाले अस्तालमा उपचार गराईरहेका बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाएका बासिंटन पोस्टले छापेको छ । उनले बालबालिकासँग डेढ घन्टा विताएका छन् । त्यसक्रममा ओबामाले चिकित्सक तथा नर्ससँग भलाकुसारी पनि गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement