संसद्मा निरन्तर अवरोध, सूचना टाँसेर सरेको सर्‍यै

संसद्मा निरन्तर अवरोध, सूचना टाँसेर सरेको सर्‍यै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक सरेको सर्‍यै भएको छ ।

आईतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा ३ बजे बस्ने गरी सरेकोमा पुनः बस्न नसकी अपराह्न साढे ५ बजे बस्ने गरी सारिएको छ ।

सूचना टाँसेर बैठक सार्दै भनिएको छ, ‘प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ । विपक्षी दलहरूले जेठ १५ गते बजेट ल्याउन भने अवरोध गरेका थिएनन्, तर बजेटमाथि छलफल अगाडि बढ्न सकेको छैन ।