मलेखु-मुग्लिन सडक आजदेखि असार ७ गतेसम्म राति बन्द रहने

मलेखु-मुग्लिन सडक आजदेखि असार ७ गतेसम्म राति बन्द रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड शुक्रबारदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक बन्द गर्न लागेको जानकारी गराएको हो ।

सूचना अनुसार राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहनेछ । मुग्लिनबाट मलेखुतर्फ गुड्ने ठूला गाडीलाई मुग्लिन र साना गाडीलाई कुरिनटारमा रोकिने सूचनामा उल्लेख छ ।

यस्तै मलेखुबाट मुग्लिनतर्फ गुड्ने गाडीमध्ये ठूला गाडी मलेखु र साना गाडी शीतल बजारमा रोकिनेछन् । गाडी रोकिएको ठाउँबाट बिहान ३ बजेमात्रै अगाडि बढ्न दिने पनि सूचनामा उल्लेख छ ।