काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
आइतबारदेखि स्कटल्याण्डमा हुने सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
सिरिज आगामी १५ जुन देखि २० जुनसम्म स्कटल्याण्ड (डन्डी र ग्लासगो)मा आयोजना हुनेछ ।
सोमपाल कामी र गुल्सन झा चोटका कारण टोलीमा अटाएनन् ।
को-को परे टोलीमा ?
नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल के साह, भिम शर्की, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी (उप-कप्तान), सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ शेख, लोकेश बम, रुपेश के सिंह, रिजन ढकाल र किरण ठगुन्ना रहेका छन् ।





प्रतिक्रिया