काठमाण्डु– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेटबारे १८औं दिनमा छलफल सुरू भएको छ ।
आइतबार रास्वपा र राप्रपाको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका हुन्।
रास्वपा, राप्रपा र माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागगर्दै संसद् अवरोध गर्दै आएका थिए ।
माओवादी केन्द्रले सत्ता पक्षसँग २ बुँदे सहमती गरेपछि रास्वपा र राप्रपाले गरेको नारावाजीकैबीच बैठक अघि बढेको हो ।
बैठकमा अर्थमन्त्री पौडेलले वक्तव्षसहित आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् ।




प्रतिक्रिया