१२४ कम्पनीको सेयर बढ्दा, १३ अर्बको कारोबार

१२४ कम्पनीको सेयर बढ्दा, १३ अर्बको कारोबार


काठमाण्डु– सोमबार सेयर बजार सामान्य बढेको छ । यसदिन बजार २.८० अंकले बढेर परिसुचक २६५८ मा पुगेर रोकियो ।

आज ३ करोड ३३ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्बको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो ।

कारोबारमा आएका १२४ कम्पनीको सेयर बढ्यो भने १२४ कम्पनीको सेयर घट्यो ।

कारोबार रकमका आधारमा आज सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् अगाडि रहे ।

यस्तै आज पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशत बढ्यो ।

यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढे ।

अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घट्यो । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो अन्य ०.३३ तथा लगानी ०.१३ प्रतिशत घटे ।